मैत्रीपूर्ण खेलको लागि महिला फुटबल टोली घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धका मैत्रीपूर्ण खेलको लागि शुक्रवार महिला फुटबल टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय टोलीको‌ सार्वजनिक गरे। नेपालले बैंककमा १६ र १९ गते दुई खेल खेल्ने तालिका रहेकोछ ।

सन् २०२६ को एएफसी महिला एसियन कप अष्ट्रेलिया छनोट प्रतियोगिताको तयारीमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्वेकिस्तानसँग परेको छ।

नेपाली‌ महिला टोलीहरु

गोलरक्षक – अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

रक्षक – अमृता जैसी, गीता राना, बिमला बि.के., पूजा राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई

मिडफिल्डर – अनिता बस्नेत, बिमला चौधरी, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, सुषमा तामाङ

फरवार्ड – सवित्रा भण्डारी ‘साम्बा’, रश्मि कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता के.सी., रेखा पौडेल रहेकाछन।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ