सूर्य नेपाल च्यालेन्ज गल्फ तेस्रो दिन पनि शुक्र राईको अग्रता कायम

सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन पूर्व नम्बर एक गल्फर शुक्रबहादुर राईले एकल अग्रता बनाएका छन् । समग्रमा ६–अन्डर १ सय ३० को स्कोरमा उनले बुधबार दिनेश प्रजापतिलाई १ स्ट्रोकले पछि पारेका छन् । शुक्रले १–ओभर ६९ को स्कोर गरे । समग्रमा ५–अन्डर १ सय ३१ को स्कोरमा दिनेश प्रजापति दोस्रो स्थानमा उक्लिएका छन् । उनले १–अन्डर ६७ को कार्ड बनाए ।
भेट्रान प्रो रामे मगर र पहिलो दिनका संयुक्त लिडर भुवनकुमार रोक्का समग्रमा ३–अन्डर १ सय ३३ को स्कोरमा तेस्रो स्थानमा छन् । रामेले १–अन्डर ६७ को स्कोर गरे । भुवनले खराब प्रदर्शन गर्दै ४–ओभर ७२ मा दोस्रो दिनको खेल सकाए । समग्रमा १–अन्डर १ सय ३५ को स्कोरमा सञ्जय लामा, निरज तामाङ र प्रदीपकुमार लामाले संयुक्त रूपमा पाँचौं स्थानमा छन् । सञ्जयले २–अन्डर ६६ स्कोर गर्दा निरज र प्रदीपले इभन–पार ६८ को स्कोर बनाए । समग्रमा १–ओभर १ सय ३७ को स्कोरमा तोरण विक्रम शाही, वसन्तराज गुरुङ र साबिक विजेता रवि खड्का संयुक्त रूपमा आठौं स्थानमा रहे । तोरणले १–अन्डर ६७ स्कोर गर्दा वसन्तले इभन–पार ६८ र रविले २–ओभर ७० स्कोर गरे । पहिलो दिन ७–अन्डर खेलेका शुक्रले आज सो लयलाई निरन्तरता दिन सकेनन् । पहिलो होलको बर्डीका विरुद्ध नवौं होलको बोगीले फ्रन्टनाइन इभन–पार ३४ मा सकाए । यसपछि १३ औं होलमा एक सट बचाए पनि १५औं र १८औं होलमा बोगीको सामना गरे‌ । ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे ।
दिनेशले तेस्रो होलमा एक सट खेर फाले । छैटौं होलको बर्डीले फ्रन्टनाइन इभन–पार ३४ खेले । यसपछि १०औं र १३औं होलमा बर्डी प्रहार गरे । अन्तिम होलको बोगीले ब्याक नाइन १–अन्डर ३३ मा सकाए । रामेले नवौं होलको बोगीले फ्रन्ट नाइनमा १–ओभर ३५ को स्कोर गरे । १०औं र १५औं होलमा बर्डीको सफलता प्राप्त गरे । उनले ब्याक नाइनमा २–अन्डर ३२ को नतिजा निकाले । पहिलो दिनका लिडर भुवनले खराब प्रदर्शन गर्दा तेस्रो स्थानमा झरे । उनले फ्रन्ट नाइन र ब्याक नाइन दुवै २–ओभर ३६ मा पूरा गरे । उनले छैटौं नवौं, १४औं र १८औं होलमा बोगी प्रहार गरे । एमेच्योरतर्फ राहुल विश्वकर्मा समग्रमा १–ओभर १ सय ३७ को स्कोरमा शीर्षस्थानमा छन् । उनले १–ओभर ६९ को स्कोर जोड्दै निश्चयजंग रायमाझीलाई एक स्ट्रोकले पछि पारे । निश्चयले १–ओभर ६९ स्कोर गर्दे समग्रमा २–ओभर १ सय ३८ स्कोर बनाए । ३६ होलको समाप्तीमा ९–ओभर १ सय ४५ सम्म स्कोर गरेका २३ प्रोफेसनल र २ एमेच्योर गरी २५ गल्फरले कट बनाएका छन् ।

प्रोफेसनलतर्फ जयराम श्रेष्ठ, भुवन नगरकोटी, रामकृष्ण श्रेष्ठ, राजेन्द्र श्रेष्ठ प्रधान, रमेश अधिकारी, दीपक मगर, धनबहादुर थापा, सुनिल केसी, टंकबहादुर कार्की, किसन कालीराज सुनार, शिवराम पौडेल, राजेन राई र सुमन परियारले कट बनाउन सफल भए । ७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख रुपैयाँ रहेको छ । विजेताले १ लाख १० हजार, दोस्रो र तेस्रो हुनेले क्रमशः ७० हजार र ५० हजार हात पार्नेछन् । साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरूले पनि नगद प्राप्त गर्नेछन् । चार दिनको मुख्य स्पर्धापश्चात् शनिबार प्रो–एम प्रतिस्पर्धा हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ