जिउजित्सु करतेका अन्तर्राष्ट्रिय प्रशिक्षक एरिक नेपालमा


काठमाडौं ।
नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरका कराते खेलाडि एवं प्रशिक्षकहरुले जिउजित्सु कराते विधाको विभिन्न कलाहरुको प्रशिक्षण लिएका छन् । जिउजित्सु करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक एरिक लोरिन्डरले करातेका विभिन्न कलाहरुको विशेष प्रशिक्षण दिएका थिए । जिउजित्सु करातेका पाँचौ डान एरिक लोरिन्डर आफ्ना सहयोगी सहित नेपाल भ्रमणका क्रममा उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । अन्तर्राष्ट्रिय जिउजित्सु प्रशिक्षण अभियान अन्तर्गत उनीसहितको टोली नेपाल भ्रमणमा आएको हो । उनको टोलीलाई सितोरियो कराते शाखा डोजो लैनचौरले विशेष कार्यक्रम सहित स्वागत गरेको थियो । जिउजित्सु कराते संघ नेपालको संयुक्त तत्वाव धानमा आयोजित प्रशिक्षण कार्यक्रममा कराते खेलाडिहरुले उत्साह पूर्वक सहभागिता जनाएका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ