राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्कियो


काठमाडौं । आईसीसीमहलिाटी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीआज स्वदेश फर्किएको छ ।थाइल्यान्डमा एसिया छनोट खेलेर टोली बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएर स्वदेश फर्किएको हो ।


नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायरमा पुगेको थियो । नेपाल पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । एसिया क्षेत्रछ नोटअन्तर्गत समूह सी मा बहराइनलाई २ पटक हराएको नेपाल हङकङसँग एक खेलमा पराजित भएको थियो भने एक खेलवर्षाका कारण रद्द भएको थियो ।
सुपर थ्रीमा यूएईलाई पराजित गरी नेपालले ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो । सुपर थ्रीकै खेलमा थाइल्यान्डसँग पराजित भएपछि नेपाल उपविजेता बनेको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ