हेल्प नेपाल फाइनलमा

टिप‌ टप‌ हेल्प नेपाल आठौँ आरबीबी एनभीए भलिबल च्याम्पिनसिपमा पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न खेलमा गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै हेल्प नेपाल उपाधिनजिक पुगेको हो।

हेल्प नेपालले पहिलो सेट १९-२५ ले जितेको थियो। त्यसपछि दोस्रो सेट २५-२७ र तेस्रो सेट १९-२५ ले जित्यो। जितसँगै हेल्प नेपालल उपाधिका लागि शनिबार खेल्नेछ। फाइनलमा आर्मी र पुलिसबीचको विजेतासँग खेल्नेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ