पुलिसलाई‌ हराउँदै आर्मी फाइनलमा

त्रिभुवन आर्मी क्लब र साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
आर्मीले अर्को‌ विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-२ ले हराउँदै फाइनल पुगेको हो। आर्मीले‌ १८-२५, २५-२३,२४-२६,२५-१३, १५-१३ ले विजयी भएको हो।

त्यसअघि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल लगातार उपाधि नजिक पुगेको हो । तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाललाई कडा चुनौती पेश गरेपनि गण्डकीको यात्रा सेमिफाइनलमा रोकिन पुग्यो ।हेल्प नेपालले पहिलो सेट २५–१९ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहँदा हेल्प नेपालले २७–२५ ले बाजी मार्यो । २४–२१ ले अघि रहँदा गण्डकीले लगातार ३ अंक बटुल्दै खेललाई २४–२४ को बराबरीमा ल्याए । तर, त्यसपछि गण्डकीले एक अंक बटुल्दा हेल्प नेपालले म्याच प्वइन्ट लिदै खेललाई आफ्नो पक्षमा ढल्काए ।

तेस्रो सेटको सुरुवात प्रतिस्पर्धात्मक रहेपनि १२–१२ को बराबरीबाट गण्डकीको प्रदर्शन राम्रो हुन सकेन । गण्डकी निरिह बन्दा हेल्प नेपालले २५–१९ को सहज जित निकाल्दै अन्तिम दुईमा पुग्न सफल भयो ।२१–१७ को स्थितिमा टोलीका महत्वपूर्ण पाकिस्तानी स्पाइकर उस्मान फरयाद अलीले चोट बोक्न पुग्दा हेल्प नेपाल दवावमा आएपनि फखर उद्धिनले टोलीको जित सुनिश्चित गरे । गण्डकीविरुद्ध सानदार प्रदर्शन गरेका हेल्प नेपालका उस्मान फरयाद अली केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मीबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

स्पाइकर सरस्वती चौधरी केल्मी प्लेयर अफ दि म्याच भएको खेलमा चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टिमलाई ३–१ को सेटमा पराजित गर्दै विभागीय एपिएफ क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ । एपिएफले डायमण्डमाथि २५–२२, २३–२५, २५–१४ र २५–२१ को सेटमा जित निकाल्यो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ