एनभिए महिला तथा पुरुष भलिबललिग यसपटक पोखरामा हुदैँ


काठमाडौं । नेपालभलिबल संघको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामाहुने भएको छ ।
संघले शुक्रबार एक पत्रकार सम्मेलन आयोजनागर्दै प्रतियोगिता जेठ ८ देखि १५ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमाहुने जानकारी दिएको हो ।
नियमित रुपमा प्रतियोगिताहुँदै आएको काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलको मर्मत कार्य भइरहेकाले यसपटक प्रतियोगिता पोखरामा गर्न लागिएको हो । संघले गत संस्करणको लिगमा सहभागीभएका टिमलाई नै यसपटक निरन्तरता दिएको छ ।
लिगमा महिलातर्फ ६ र पुरूषतर्फ ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पुरूषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवनआर्मी क्लब, नेपालपुलिस क्लब, कोशीप्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपालपुलिस क्लब, टिप टप न्यू डायमन्ड युथ स्पोट्र्स क्लब, एभरेष्ट भलिबलक्लब र कर्णाली प्रदेशले खेल्नेछन् ।
दुवैतर्फ विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैंया प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैंया पाउँदा विधागत उत्कृष्टमा २५–२५ हजार रुपैंया राखिएको छ । लिगविजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभाको च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा हरेक टिमले ३ विदेशी खेलाडी खेलाउनपाउने प्रावधान रहेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्नेछ । यसका लागि संघका तर्फबाट अध्यक्ष जितेन्द्र बहादुर चन्द र हाम्रो खेलकुदका तर्फबाट सुबास हुमागाईंले सम्झौता गरेका छन् ।
लिगको पुरस्कार रकममात्र ३२ लाख रुपैंया रहेको छ भने कुलअनुमानित बजेट ९० लाख रहेको छ । प्रमुख प्रायोजकमा राष्ट्रिय खेलकुद परिषद रहेको छ । संघका अध्यक्षचन्दले टिकटबाट ३०–३५ लाख उठाएर अन्य प्रायोजकबाट पनि सहयोगको अपेक्षा गरिएको जानकारी दिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ