एशियन बक्सिङमा ७ खेलाडीले भागलिने


काठमाडौं । एशियन अन्डर–२२ तथा युथबक्सिङ प्रतियोगितामा नेपालबाट ७ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएकाछन् ।
नेपालबक्सिङ संघले आयोजना गरेको राष्ट्रव्यापीछनोट प्रतियोगितामाउत्कृष्टहुन सफल७जना खेलाडीले श्रीलंकाको राजधानीको लम्वोमा यही बैशाख २९ देखि जेठ १० गते (मे १२–२४,२०२५) सम्म आयोजनाहुने प्रतियोगितामा सहभागीहुने भएका हुन ।
खेलाडीहरुलाई राष्ट्रियखेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सफलताको शुभकामना सहित विदाई गरेकाछन् ।
२८ देशका २७० जना खेलाडी सहभागीहुने प्रतियोगितामा भागलिन खेलाडी तथा अफीसियलहरु बैशाख २७ गते कोलम्वो जाने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भाण्डारीले बताए ।
सहभागी खेलाडीहरुमा ५२ केजी तौल समुहमा रोशनी घलान, ६० केजीमा नारिका राई ८१ केजी माथि त्रिशाजबेगु छन् ।
यस्तै ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा अर्पिल राना, ५७ केजीमासिंह वीर लिम्बु, र ६० केजीमाछिरिङ वांदीशेर्पा छन् ।
यस्तै प्रशिक्षकमा सुजित कुमार पुनमगर, रेफ्रीजजमा सन्तोष आलेमगर र व्यवस्थापकमा मानबहादुर भण्डारी रहेकाछन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ