एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको जित

फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेको ह्याट्रिकप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा मोन्टपेलिअरलाई पराजित गरेको छ। मोसन स्टेडियममा आइतबार राति समपन्न खेलमा पीएसजीले घरेलु टोली मोन्टपेलिअर ६-२ गोल अन्तरले पराजित गरेको हो। पीएसजीको जितमा एम्बाप्पेले ह्याट्रिक गरे। भिटिन्हा, ली कान इन र नुनो मेन्डिसले १/१ गोल गरे।

मोन्टपेलिअरका अर्नाउड नोर्डिन र तेजी टेडीले गोल गरेका थिए। पीएसजीले खेलको १४औँ मिनेटमा भिटिन्हाको गोलमा अग्रता लिएको थियो। २२औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै अग्रता दोब्बर बनाए।  

तर, ३०औँ मिनेटमा नोर्डिनले गोल गर्दै घरेलु टोलाई २-१ को अवस्थामा फर्काए। पहिलो हाफको अतिरिक्त समयमा तेजीले पेनाल्टीमार्फत गोल गर्दा खेल २-२ को अवस्थामा पुगेको थियो।  तर, ५०औँ मिनेटमा एम्बाप्पेले गर्दै पीएसजीलाई ३-२ को अग्रता दिलाए। त्यसको तीन मिनेटपछि नै लीले गोल गर्दै अग्रता ४-२ मा लब्याए। 

६३औँ मिनेटमा एम्बाप्पे ह्याट्रिक पूरा गर्दा पीएसजी ५-२ गोलको स्थितिमा थियो। त्यसमाथि निर्धारित ९० मिनेटको खेल सकिनुअघि नुनोले गोल्दै पीएसजीलाई ६-२ को फराकिलो जित दिलाए। जितसँगै पीएसजीले २७ खेलबाट ५९ अंक बनाएको छ। दोस्रो स्थानको ब्रेष्टको ४७ अंक छ । पराजित मोन्टपेलिअर भने २६ अंकसहित १४औँ स्थानमा छ।
 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ