पलेसा प्यारालम्पिक गेम्सका लागि छनोट

पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस प्यारालम्पिक गेम्सका लागि छनोट भएकी छन् । योसँगै पलेसाले लगातार दोस्रो पटक प्यारालम्पिक गेम्स खेल्ने भएकी छन्।

चीनमा जारी पारा ओलम्पिकको एसियन छनोटमा पलेसाले के ४४ अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा सोमबार स्वर्ण जित्दै प्यारालम्पिक गेम्समा स्थान पक्का गरेकी हुन् ।पलेसाले फाइनलमा इरानी खेलाडी लेल्ला मिर्जाइलाई पराजित गरेकी हुन् । सेमिफाइनलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८-२ ले पराजित गर्दै पलेसाले फाइनलमा स्थान बनाएकी हुन् ।

छनोट चरण पार गरेर प्यारालम्पिक गेम्स छनोट हुने पलेसा पहिलो नेपाली पारा खेलाडी हुन् । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा छनोट हुने तेक्वान्दोकै संगीना वैद्य पहिलो र दीपक विष्ट दोस्रो नेपाली हुन् ।छनोट चरण पार गर्दै संगिनाले सन् २००४ एथेन्स र २००८ दीपकले बेइजिङ ओलम्पिक खेलेका थिए।
टोकियो २०२० प्यारालम्पिक गेम्समा पलेसाले २ फाइट जितेकी थिइन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ