
काठमाडौं । म्यानचेस्टर युनाइटेड युरोप लिगको सेमिफाइनलमा पुगेको छ।
क्वाटरफाइनलको दोस्रो लेगमाबिहीबार लियोनलाई ५–४ ले हराएपछि समग्रमा७–६ को अग्रतासहितयुनाइटेड अन्तिम चारमापुगेको हो ।पहिलो लेगमा २–२ को बराबरी भएको थियो ।
ओल्डट्राफोर्डमा निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि थप समय ५ गोलभएको थियो ।
निर्धारित समयमा २–० को अग्रता जोगाउन नसकेको युनाइटेड थप समयमा २ गोलले पछि परेको थियो ।त्यसमा पनि पुनरागमन गर्दै युनाइटेडले अविश्वसनीय जितदर्ता गर्यो ।ह्यारी म्याग्वायरले कासेमिरोको क्रसमा हेड गर्दैअन्तिम मिनेटमा निर्णायक गोल गरे ।
त्यस अघिम्यानुएलउगार्टे, डिएगो डालोट, ब्रुनो फर्नान्डेज र कोबीमैनूले त्यस अघिगोल गरेकाथिए ।
लियोनका कोरेंटिनटेलिसो, निकोलस ट्यागलियाफिको, रेयानचेर्की रएलेक्जेन्डर लाकाजेट्टीले गोल गरे । ७१ औं मिनेटमागोल गरेकाटेलियो ८९ मिनेटमादोहोरो पहेंलो कार्ड खाँदै मैदानबाटबाहिरिएपछिलियोनदबाबमा परेको थियो ।