
काठमाडौं । इन्डियनप्रिमियर लिग (आईपीएल)मा कमजोर सुरुवात गरेको मुम्बई इन्डियन्सले लगातार दोस्रो जितहातपारेको छ।बिहीबार भएको खेलमामुम्बईले सनराइजर्सहैदरावादलाई ४विकेटले हराएको हो ।
सुरुमाब्याटिङ गरेको हैदरावादले मुम्बईलाई एक सय ६३ रनको लक्ष्यदिएको थियो ।मुम्बईले ११ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १६६ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
मुम्बईका लागिरेन रिकेल्टनले ३१, रोहितशर्माले २६, विलज्याक्सले ३६ तथा सूर्य कुमार यादवले २६ रन जोडे ।तिलकबर्मा २१ रनमाअविजित रहे ।
मुम्बईलाई जितदिलाउनकालागिकप्तानहार्दिक पाण्डेको विष्फोटक ब्याटिङ उपयोगीबन्यो ।पाण्डेले ९ बलमा २१ रन जोडे ।उनको पारीमा ३ चौकार १छक्का समावेश थियो । हैदरावादकाप्याटकुमिन्सले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।
यस अघिवाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको हो ।
उसकालागिअभिषेकशर्माले ४० रन बनाए। २८ बलको सामना गरेकाउनले ७चौकाप्रहार गरे। त्यस्तै हेनरिक क्लासेनले ३७, ट्रेभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत बर्माले अविजित १८ रन बनाए।
जितपछिमुम्बई ६अङ्क सहित सातौँ स्थानमाउक्लिएको छ। हैदरावाद ४ अङ्क सहितनवौँ स्थानमाछ।