एनएसएल पोखरा थन्डर्सले बुटवल लुम्बिनीलाई २–० ले पराजित

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीलाई हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा पोखराले बुटवललाई २–० ले पराजित गरेको हो ।

पोखरालाई जित दिलाउन आयुष घालन र बीएस्सी विलियमले गोल गरे । खेलको दशौँ मिनेटमै आयुष घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए । र दोस्रो हाफमा पनि पोखराले एक गोल थप्यो । बीएस्सी विलियमले ५८औं मिनेटमा गोल गरे ।

साथै लिग चरणको अन्तिम खेलमा जीत निकाल्दै पोखरा एनएसएलको प्लेअफमा प्रवेश गरेको छ ।

पोखराले ६ खेलबाट आठ अङ्क पुर्‍याएको छ । पराजित बुटवल भने एक अङ्कसहित यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

यसअघि ललितपुर सिटी र धनगढी एफसी प्ले अफमा पुगिसकेका छन् । नेपाल सुपर लिग फुटबलमा आज ललितपुर सिटी र झापा एफसी खेल्दैछन् । 

लिग चरणको अन्तिम खेलमा जीत निकाल्दै पोखरा एनएसएलको प्लेअफमा प्रवेश गरेको छ ।

पोखराले ६ खेलबाट आठ अङ्क पुर्‍याएको छ । पराजित बुटवल भने एक अङ्कसहित यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

यसअघि ललितपुर सिटी र धनगढी एफसी प्ले अफमा पुगिसकेका छन् । नेपाल सुपर लिग फुटबलमा आज ललितपुर सिटी र झापा एफसी खेल्दैछन् । 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ