(आईपीएल) पन्जाब किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई १६ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई १६ रनले पराजित गरेकोछ।

हिजो भएको खेलमा पन्जाबले दिएको १ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाता १५ ओभर १ बलमा ९५ रनमा अल आउट गरेकोहो ।

कोलकाताका अङकृश रघुवंशीले सर्वाधिक ३७ रन बनाए । पन्जाबका लागि युजबेन्द्र चाहलले ४ र मार्की जानसेनले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पन्जाबले १५ ओभर ३ बलमा १ सय ११ रन बनाएको थियो । उसका प्राभसिम्रन सिंहले ३० रन बनाए ।  प्रियान्स आर्याले २२ रन जोडे ।

कोलकाताका हर्षित रानाले ३ विकेट लिए । साथै वरूण चक्रवर्ती र सुनिल नराइनले २/२ विकेट लिए ।

६ खेलमा ४ मा जीत र २ मा हार बेहोरेको पन्जाब ८ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । सात खेलमा ३ जीत र ४ मा हार बेहोरेको कोलकाता ६ अङ्कसहित छैटौं स्थानमा रहेकोछ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् । 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ