सुपर जायन्ट्सलाई ५ विकेटले पराजित

Lucknow Super Giants’ captain Rishabh Pant congratulates Chennai Super Kings’ Mahendra Singh Dhoni after Chennai Super Kings beats Lucknow Super Giants at Atal Bihari Vajpayee Ekana Cricket Stadium in Lucknow, India, Monday, April 14, 2025. (AP Photo)

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा सोमबार लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ । चेन्नईले लगातार ५ खेलको हार शृंखलाबाट पुनरागमन गरेको छ । चेन्नईको सातौं खेलमा यो दोस्रो जित हो । १ सय ६७ रनको लक्ष्य पछ्याएको चेन्नईका लागि शिवम दुवे र महेन्द्रसिंह धोनीले छैटौं विकेटमा ५७ रनको अविजित साझेदारी गर्दै ३ बल बाँकीमा टोलीलाई जिताए । दुबेले ३७ बलमा ३ चौका र २ छक्कासहित ४३ रन र धोनीले ११ बलमा ४ चौका र १ छक्कासहित २६ रन बनाए । ओपनर शेख रशिद र रचिन रवीन्द्रले चेन्नईलाई आक्रामक सुरुआत दिलाएका थिए । उनीहरूले अर्धशतकीय साझेदारी गरेका थिए । रशिदले १९ बलमा ६ चौकासहित २७ र रवीन्द्रले २२ बलमा ५ चौकासहित ३३ रन जोडेका थिए । लखनउका रवि विष्णोइले दुई विकेट लिए । त्यसअघि लखनउले ऋषभ पन्तको कप्तानी इनिङ्समा ७ विकेट गुमाई १ सय ६६ रन बनाएको थियो । उनले ४९ बलमा ४ छक्का र ४ चौका प्रहार गरी ६३ रन बनाए । ओपनर मिचेल मार्सले २ चौका र २ छक्कामा ३०, आयुष बदोनीले २२ र अब्दुल समदले २० रन बनाए । आयुष र अब्दुल दुवै समान दुई चौका हाने । ओपनर एडम मारक्रम (६) लाई लखनउले पहिलो ओभरमै गुमाएको थियो । चेन्नईबाट रवीन्द्र जडेजा र माथिशा पाथिरानाले समान २ विकेट लिएका थिए ।

७ खेलमा ४ जितसहित लखनउ ८ अंक लिएर चौथो स्थानमा यथावत छ । चेन्नई पुछारमै छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ