गण्डकीमा डजबल खेलकाे नयाँ यात्रा सुरु, ताम्साल नेतृत्वमा तदर्थ समिति गठन

पोखरा, गण्डकी — डजबल खेलको गण्डकी प्रदेशमा समुचित विकास, विस्तार तथा संस्थागत संरचना निर्माणका लागि गण्डकी प्रदेश डजबल संघको तदर्थ समिति गठन भएको छ। समितिको अध्यक्षमा कृष्णप्रसाद ताम्साल चयन भएका छन्। उपाध्यक्षमा निर्मल पराजुली, सचिवमा अनुप बराल, कोषाध्यक्षमा शान्ता हमाल, र सदस्यहरूमा प्रद्युम पराजुली, प्रकाश वान्ले, रेवती रमण पोख्रेल, विवेक राजीव पोख्रेल घर्ती र सुषमा आचार्य रहेका छन्।

उक्त तदर्थ समितिलाई तीन महिनाभित्र आन्तरिक संरचना निर्माण, नियमावली निर्माण, कार्ययोजना तय गर्नुका साथै डजबल खेललाई जिल्लास्तर तथा स्थानीय तहसम्म विस्तार गर्ने, महिला–पुरुष खेलाडी छनोट गर्ने, प्रतियोगिता सञ्चालन गर्ने र वित्तीय व्यवस्थापनसम्बन्धी कार्यमा सक्रिय रहन गण्डकी प्रदेश खेलकुद परिषदले निर्देशन दिएको छ।

समिति गठनसँगै अब गण्डकी प्रदेशमा डजबल खेल व्यवस्थित, सशक्त र प्रतिस्पर्धात्मक रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ।  

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ