
नेपाल मास्टर्स एथलिट संघले खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेरसमूहका पदक विजेता भेट्रान खेलाडीलाई आइतबार सम्मान गरेको छ ।
थाइल्याण्डको च्याङराइमा फेब्रवरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र २ कांस्य पदक जितेको थियो ।
जसअनुसार कृष्णप्रसाद सिग्देलले पुरुष ५५–६० वर्षको लङजम्पमा रजत जितेका थिए । त्यसैगरी पुरुष ८०–८५ वर्षको १ हजार ५ सय मिटर दौडमा ग्रिवानविक्रम शाह तथा ५५–६० वर्षको ५ हजार मिटर दौडमा सुनिल शाक्यले कांस्य जितेका थिए ।
सम्मानित सम्पूर्णलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल मास्टर्स एथलिट संघका अध्यक्ष जीएन दाई शर्मा, प्रथम उपाध्यक्ष रुपाल सम्शेर राणा, दोस्रो उपाध्यक्ष एवम् वरिष्ठ पत्रकार श्याम चित्रकार, कोषाध्यक्ष भैरव शाही लगायतले प्रशंसा पत्र प्रदान गर्नुभयो ।