बीरगञ्ज

नेपाली यु-१९ क्रिकेट टोलीले भारतको दिल्ली यु–१९ टोलीलाई पराजित गर्दै अभ्यास सिरिज जित्न सफल भएको छ। बिहीबार बीरगञ्जस्थिति टीबी शाह क्रिकेट मैदानमा भएको दोश्रो एकदिवसिय क्रिकेटमा नेपाली टोलीले भारतीय टोलीमाथि १०२ रनले जित हासिल गर्दै सिरिज जितेकोछ।
यसअघि भएको पहिलो खेलमा नेपालले ५ किकेटको जित हासिल गरको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालको युवा टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९२ रन बनाएको थियो । नेपालको तर्फबाट अभिषेक तिवारीले सर्वाधिक ६० रनको पारी खेलेका थिए। उनले आफ्नो पारीमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए।
त्यस्तै कप्तान नरेन भट्टले ५२, अशोक धामीले १९ र सोहेल कुँवरले ११ रनको योगदान दिएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्क समेत जोड्न सकेनन्। बलिङतर्फ दिल्लीका शुभम दुबेले ३, आदित्य भण्डारी, अमन चौधरी, रोनक वागिलाले समान २ विकेट लिएका थिए।
१९३ रनको लक्ष्य पाएको दिल्लीको युवा टोलीले ३०.४ ओभरमा गुमऊदै ९० रनमा समेटिएको थियो । दिल्लीको तर्फबाट शन्तुन यादवले ५० बल खेल्दै सर्वाधकि ३० रन बनाएका थिए। त्यस्तै मोहक कुमार १९ र सथक पालले १६ रनको योगदान दिदा अन्य व्याट्सम्यानले दोहोरो अङ्क समेत जोड्न सकेनन् । दिल्लीको युवा टोलीलाई सस्तैमा समेट्न अपराजित पौडेलले ५ विकेट लिएका थिए। त्यस्तै नितेश पटेलले २, विपिन प्रसाद शर्मा, अशोक धामी र कप्तान नरेन भट्टले १-१ विकेट लिए। जितसँगै नेपालले ३ खेलको शृंखलामा २-० को अग्रता लिदै सिरिज जितेको हो।