
मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा बिहीबार भएको ड्र मा नेपाल समूह ‘एफ’मा उज्बेकिस्तान, लाओस र श्रीलंकासँगै परेको हो । यस समूहको खेल उज्वेकिस्तानमा हुनेछ । छनोट चरणका खेलहरु जुन २३ देखि जुलाई ५ सम्म हुनेछ ।छनोट खेल्ने एसियाका ३४ टोलीलाई विभिन्न पाँच पटमा विभाजन गरी ड्र गरिएको थियो । नेपाल पटक टु मा थियो । नेपाल रहेको समूहमा पट ए बाट बलियो टोली उज्वेकिस्तान छ । उज्वेकिस्तान फिफा वरियतामा ५०औं स्थानमा छ । नेपाल ९९औं स्थानमा छ । यस्तै लाओस १०७औ र श्रीलंका १५८औं स्थानमा छ ।
नेपालले उज्वेकिस्तानसँग अहिलेसम्म ३ खेल खेल्दा सबैमा पराजित भएको छ । पछिल्लो पटक सन् २०१९ को नादेज्दा कपमा दुई खेल खेलेको थियो । समूह चरणमा उज्वेकिस्तानसँग २(० ले पराजित भएको नेपाल फाइनलमा ३(२ ले पराजित हुँदै उपविजेता बनेको थियो । सन् १९९९ मा वुमन्स एसिया कपमा नेपालले पहिलो पटक उज्वेकिस्तानसँग खेलेको थियो । जसमा नेपाल ६(१ ले पराजित भएको थियो । यस्तै श्रीलंकासँग नेपालले अहिलेसम्म खेलेको सबै ८ खेल जितेको छ भने लाओससँग अहिलेसम्म खेलेको छैन ।आफ्नो समूहमा विजेता बन्न सके नेपाल वुमन्स एसियन कपमा छनोट हुनेछ ।सन् २०२६ मा अष्ट्रेलियामा हुने वुमन्स एसियन कपमा आयोजकसहित चार टिम स्वत छनोट भइसकेका छन् । यसअघि भएको वुमन्स एसियन कपको विजेता चीन, उपविजेता दक्षिण कोरिया र तेस्रो भएको जापान भने सिधै छनोट भएका हुन् । बाँकी ८ स्थानका लागि छनोट चरणमा एसियाका ३४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । ८ समूहको समूह विजेता एएफसी वुमन्स एसियन कप २०२६ मा छनोट हुनेछन् ।

नेपालको महिला टोली लगातार दोस्रो पटक वुमन्स एसियन कप छनोट खेल्न लागेको हो । यसअ३ िनेपालले सन् २०२२ मा भारतमा भएको वुमन्स एसियन कप छनोट खेलेको थियो । तर नेपाल छनोट हुन सकेन । त्यसबेला नेपाल, फिलिपिन्स र हङकङ सम्मिलित समूहबाट फिलिपिन्स समूह विजेता बन्दै वुमन्स एसियन कप खेलेको थियो ।
एसिया क्षेत्रको छनोट सन् २०२७ मा ब्राजिलमा हुने फिफा वुमन्स विश्वकपको लागि समेत छनोटको रुपमा रहनेछ । वुमन्स एसियन कपमा शीर्ष ६ मा रहने टिम वुमन्स विश्वकपमा सिधै छनोट हुनेछ ।