बागमती द्वारा कोशी १३१ रनलेपराजित

काठमाडौं ।

बागमती प्रदेशले प्रधानमन्त्री राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा तेश्रो जित हासिल गरेको छ । दाङको देउखुरी क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा बागमतीले कोशी प्रदेशलाई १३१ रनले पराजित गरेको हो।

जितका लागि बागमतीले दिएको २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा अलआउट हुँदै १०९ रनमै समेटियो । कोशीका लागि अइस भट्टराईले ३७, सुजन थपलियाले २५ र फिर्दोश अन्सारी २४ रन जोडे ।

बागमतीका लागि सूर्य तामाङले ५, रिजन ढकालले ३ र साकार गजुरेलले २ विकेट लिए । त्यसअघि टस जितेर पहोला ब्याटिङ रोजेको बागमतीले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो ।

बागमतीका लागि शुभ कंसाकारले ३९, आशुतोष घिरैयाले २९, इशान पाण्डे र विपिन आचार्यले समान २५, रिजन ढकालले अविजित २२, सोनु देवकोटाले १८, सूर्य तामाङले १७ र गौतम केसी १६ रन जोडेका थिए । कोशीका लागि सुजन थपलिया र प्रकाश कार्कीले समान २ तथा ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कंडेल र फिरदोस अन्सारीले समान १ विकेट लिएका थिए । जितसँगै ७ खेलबाट ६ अंक जोडेको बागमती छैठौं स्थानमा उक्लिएको छ । कोशी समान खेलमा २ अंकसहित तालिकाको पुछारमा रहेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ