काठमाडौं डीसिसि कप फुटबलको उपाधि दक्षिणकाली नगरपालिकालाई

काठमाडाैं जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा जारी काठमाडाैं डीसिसि कप फुटबल प्रतियोगिताको उपाधि दक्षिणकाली नगरपालिकाले जितेकाे छ ।

शनिबार सम्पन्न फाइनलमा चन्द्रागिरि नगरपालिकालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दक्षिणकालीले उपाधि जितेको हाे ।

निर्धारित समयमा २-२ गाेल भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियाे ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख, द्धितिय हुनेले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरेकाे काठमाडाैंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्तालाई जनही २५ हजार रुपैयाँ तथा ट्रफी हात पारे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ