बागमती प्रदेश को आयोजनामा अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

काठमडौं ।

बागमती प्रदेश को आयोजनामा अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएकोछ ।

२०८१ साल चैत १० गतेबाट खेल शुरु हुनेछ । आयोजकका अनुसार प्रतियोगिता चैत १० देखि १५ गतेसम्म जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कर्भडहलमा संचालन हुनेछ ।

ललितपुर महानगरपालिकाको १०६ औं वार्षिक उत्सवको उपलक्ष्यमा बागमती प्रदेश अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा सहभागि हुन इच्छुक बागमती प्रदेशका पलिकाले चैत ७ गते बिहीबारसम्मा टिम दर्ता गरिसक्नु पर्नेछ । प्रतियोगितामा सहभागि टोलीले विभागीय र राष्ट्रिय खेलाडी समावेश गर्न नपाउने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको महिला तथा पुरुषतर्फको विजेताले ट्रफीसहित समान रु. २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उपविजेताले रु. १ लाख र तेश्रो हुने टोलीले समान रु. ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु. १० हजार तथा विधागत तर्फका विजेताले समान रु. ५ हजार प्राप्त गर्नेछन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ