मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली राष्ट्रिय पुटबल टोली घोषणा

सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलका नेपाली राष्ट्रिय पुटबल टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रोसले सोमबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । म्याट रोस प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । उनले घोषणा गरेको पहिलो टोलीमा तीन नयाँ अनुहारले स्थान बनाएका छन् । जसमा गोलकिपर अन्जल श्रेष्ठ, डिफेण्डर सुमन श्रेष्ठ र फरवार्ड सुबास बम ठकुरी छन् । सुबास पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षणमा परेका हुन् र पहिलो पटकमै उनी अन्तिम टोलीमा पर्न सफल भए ।

गत कात्तिकमा ताजकिस्तान र अफगानिस्तान विरुद्धको खेलमा चोटका कारण टिममा नरहेका अनन्त तामाङ र लकेन लिम्बुले टिममा पुनरागमन गरेका छन् । यस्तै कृतिश रत्न छुन्जु र रेजिन सुब्बाले पनि टिममा पुनरागमन गरेका छन् । दोस्रो चरणको प्रशिक्षणमा रहेका २७ खेलाडीबाट प्रशिक्षक रोसले अन्तिम टिम घोषणा गरेका हुन् । गोलकिपर विशाल सुनारसहित फरवार्डद्वय निराजन धामी र सृजन राज गौतम भने अन्तिम टोलीमा परेनन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ