झापा एफसी को आधिकारिक किट पार्टनरका रूपमा गणेशदीप निटवेयर प्रा लि (G-Sports)


नेपाल सुपर लिग २०२५ का लागि झापा एफसी को आधिकारिक किट पार्टनर गणेशदीप
निटवेयर प्रा लि (G-Sports) रहने भएको छ। नेपाली खेलकुद सामग्री को एक प्रतिष्ठित ब्रान्ड G-Sports ले झापा
एफसी का सम्पूर्ण खेलकुद पोशाक निर्माण गर्नेछ।
G-Sports नेपा ली खेलाडीहरूको आवश्यकता अनुरूप उच्च गुणस्तरका खेलकुद पोशाक निर्माण गर्ने एक विश्वसनीय
नेपाली ब्रान्ड हो । यसको प्रिमियम गुणस्तर र खेलाडीहरूलाई अधिकतम आराम प्रदान गर्ने डिजाइनले G-Sports लाई
नेपाली खेल क्षेत्रको अगुवा बनाएको छ।
G-Sports ले उत्कृष्ट गुणस्तर, आराम, र टिका उपनलाई प्राथमिकता दिँदै खेलाडीहरूका लागि उपयुक्त पोशाक निर्माण
गरि रहेको छ। यो साझेदारीले झापा एफसी लाई उत्कृष्ट किट उपलब्ध गराउनुका साथै नेपाली खेल सामग्री उद्योगको
प्रवर्द्धनमा पनि योगदान दिनेछ।
झापा एफसी र G-Sports दुबै पक्षले यो सहकार्यले नेपाली फुटबलको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त
गरेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ