आईसीसी महिला विश्वकप क्रिकेट २०२५ को छनोट खेल तालिका सार्वजनिक

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला विश्वकप क्रिकेट २०२५ को छनोट खेल तालिका सार्वजनिक भएको छ।आईसीसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता यही चैत २७ गतेदेखि (अप्रिल ९ देखि १९) वैशाख ६ गतेसम्म पाकिस्तानमा हुनेछ।  राउण्ड–रोबिनका आधारमा खेलाइने प्रतियोगिताका सबै १५ खेलहरू पाकिस्तानको लाहोरमा खेलाइनेछ। गद्दाफी क्रिकेट मैदान र लाहोर सिटी क्रिकेट एसोसिएशन (एलसीसीए) मा यो प्रतियोगिताका खेलहरु हुनेछन्। प्रतियोगितामा आयोजक पाकिस्तानसँगै स्कटल्याण्ड, आयरल्याण्ड, वेष्टइण्डिज, थाइल्याण्ड र बंगलादेश सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र आयरल्याण्डबीच चैत २७ गते (अप्रिल ९) गद्दाफी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। शीर्ष दुई स्थानमा रहने दुई टोलीले यसै वर्ष अक्टोबर र नोभेम्बरमा भारतमा हुने महिला विश्वकप क्रिकेटमा स्थान सुरक्षित गर्नेछन्।

आईसीसीको सूचीमा माथिल्ला ६ स्थानमा रहेका अष्ट्रेलिया‚ इङल्याण्ड‚ न्युजिल्याण्ड‚ दक्षिण अफ्रिका‚ श्रीलंका र प्रतियोगिता आयोजक भारत भने पहिले नै विश्वकपका लागि छनोट भइसकेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ