
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा परेका छन् मंगलबार भएको ड्रमा यी दुई राष्ट्र एकै समूहमा परेका छन्।
भारतको अरुञ्चल प्रदेशमा प्रतियोगिता हुने तयरहेको छ। गत वर्ष सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यु-२० को प्रतियोगिता भएको थियो। फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियोे।
यसपल्ट भने पाकिस्तानले प्रतियोगितामा सहभागिता नजनाऊने भएकोछ। सहभागी ६ टोलीलाई दुई समूहमम विभाजन गरिएको छ।
समूह ए मा माल्दिभ्ससँगै भुटान र साबिक विजेता बंगलादेश रहे।
समूह बी मा आयोजनक भारतसँगै नेपाल र श्रीलंका परेका छन्।