बी’ डिभिजन लिगको श्री भगवती क्लब र किंग्स हिल प्रिमियमसँग सम्झौता

‘बी’ डिभिजन लिगको श्री भगवती क्लबले आफ्नो प्रायोजकका रूपमा किंग्स हिल प्रिमियमसँग सम्झौता गरेको छ । सोमबार साझ श्री भगवती क्लब टोखाले ‘बी’ डिभिजन लिग २०८१ का लागि किंग्स हिल प्रिमियमलाई आधिकारिक प्रायोजकका रूपमा अनुबन्ध गरेकोछ । 

सम्झौतामा किंग्स हिल प्रिमियमको तर्फबाट माधवप्रसाद सिलवाल र श्री भगवती फुटबल क्लब टोखाका अध्यक्ष गणेश लाल श्रेष्ठले एक कार्यक्रम बीच हस्ताक्षर गरेकाहुन ।  

प्रायोजकसँग भएको सम्झौताले नेपाली फुटबलको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने भगवती क्लबका अध्यक्ष गणेश लाल श्रेष्ठ र किंग्स हिल प्रिमियमको माधवप्रसाद सिलवाल बताएछन।

प्रायोजक सम्झौता कार्यक्रममा भगवती क्लबको यस संस्करणको जर्सीसमेत सार्वजनिक गरिएको थियो । सार्वजनिक जर्सीको अग्रभागमा टोखा नगरपालिकाको लोगो राखिएको छ । जर्सीको पछाडिको भागमा किंग्स हिलको लोगो समेत रखिएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ