
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, नेपाल क्योकुसिन कराते (ईको) संघका अध्यक्ष दमन बस्नेत र पदाकिारी, खेलाडी, प्रशिक्षक, कर्मचारी, आफन्तजनलगायतले क्योकुसिन कराते (ईको) का प्रशिक्षक एवं पूर्व खेलाडी रोशन कपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । मधुमेह रोगबाट पीडित ५६ वषीर्य रोशन कपालीको गत आइतबार निधन भएको थियो ।