नेपाली राष्ट्रिय महिला फुटबल टिम तथा एपीएफका मिडफिल्डर प्रीति राईले सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान प्राप्त गरेकी छन् । योङ स्टार फाउण्डेसनले प्रीतिलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान गरेको हो।
उनलाई सम्मानसँगै नगद १ लाख प्रदान गरिएको थियो।योङ स्टार फाउण्डेसनका अध्यक्ष मोहनचन्द्र सिंहले प्रीतिलाई सम्मान र अवार्ड प्रदान गरे।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको एन्फा वुमन्स लिगमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा प्रीतिलाई सम्मान गरिएको आयोजकले जनाएको छ।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्य सर्वोत्कृष्ट खेलाडी छनोट गरिएको हो।
प्रीति राईले एपीएफलाई महिला लिगको यपाधि जिताउन महत्वपूर्ण प्रदर्शन गरेकी थिईन्। उनी राष्ट्रिय टिम र एपीएफको महत्वपूर्ण सदस्यको रुपमा छन् ।
