
रौतहटको गौरमा शुक्रबारदेखि मेयर कपक्रिकेट प्रतियोगिता सुरु भएको छ। जिल्लाक्रिकेट संघको आयोजना र गौर नगरपालिकाको विशेष पहलमाप्रतियोगितागौर राइस मिलको क्रिकेट मैदानमाभइरहेको हो ।
उक्तप्रतियोगिता ‘मेयर कप २०८१’ को एक समारोहका बिच गौर नगरपालिकानगर प्रमुखशम्भु साहले उद्घाटन गरेका हुन्। सो कार्यक्रममाबोल्दै उनले खेलकुद क्षेत्रको विकासकालागिनगरपालिका निरन्तर सहयोगी रहने प्रतिबद्धता जनाए।
उनले खेलाडीहरूका लागिआवश्यकपूर्वाधार विकास तथा सहयोग उपलब्ध गराउने योजना रहेको बताए।युवा खेलाडीहरूलाई आफ्नो प्रतिभाप्रदर्शन गर्ने अवसरका रुपमा यो प्रतियोगितालाई लिन सकिने उनको भनाइ छ ।प्रतियोगितामागौर नगरका नौ टोलीबीचप्रतिस्पर्धा हुनेछ।
यस प्रतियोगिताले खेलप्रेमीहरूमाउत्साहथपेको छ भने खेल हेर्नका लागि स्थानीयदर्शकहरूको उल्लेखनीयउपस्थिति देखिन्छ।
गौरमा मेयर कप क्रिकेट प्रतियोगिता सुरु
रौतहट । रौतहटको गौरमा शुक्रबारदेखि मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्ला क्रिकेट संघको आयोजना र गौर नगरपालिकाको विशेष पहलमा प्रतियोगिता गौर राइस मिलको क्रिकेट मैदानमा भइरहेको हो ।
उक्त प्रतियोगिता ‘मेयर कप २०८१’ को एक समारोहका बिच गौर नगरपालिका नगर प्रमुख शम्भु साहले उद्घाटन गरेका हुन् । सो कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका निरन्तर सहयोगी रहने प्रतिबद्धता जनाए ।
उनले खेलाडीहरूका लागि आवश्यक पूर्वाधार विकास तथा सहयोग उपलब्ध गराउने योजना रहेको बताए । युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरका रुपमा यो प्रतियोगितालाई लिन सकिने उनको भनाइ छ । प्रतियोगितामा गौर नगरका नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
यस प्रतियोगिताले खेलप्रेमीहरूमा उत्साह थपेको छ भने खेल हेर्नका लागि स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिन्छ ।