एनआरटीलाई पराजित गर्दै एफसी सेमिफाइनलनमा प्रवेश

केपी ओली एफसी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा केपी ओली एफसीले न्युरोड टिम (एनआरटी) क्लबलाई १–० गोल अन्तरले पराजित गर्दैसेमिफाइनलनमा प्रवेश गरेको हो ।
केपी ओली एफसीका तर्फबाट निर्णायक एक गोल खेलको ६३औँ मिनेटमा सुरजज्यू ठकुरीले गरेका थिए ।
प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लबबीच र दोस्रो खेल दिउँसो ३ बजे मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबीच हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ