फुल कन्ट्याक्ट करातेको इतिहासमा नेपाललाई दावाले दिलाए पहिलो पटक सबैभन्दा ठूलो पदक

फुल कन्ट्याक्ट करातेको इतिहासमा नेपाललाई पहिलोपटक सबैभन्दा ठूलो पदक प्राप्त भएको छ ।

जापानको फुकुओका स्टेडियममा भएको फाइनलमा चौंथो विश्व क्योकुशीन तेजुका कराते प्रतियोगितामा दावा शेर्पाले कातातर्फ रजत पदक जित्दै नेपाललाई ऐतिहासिक पदक दिलाएका हुन् । दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भए । नेपाल क्योकुशीन कराते (इको) संघका २८ वर्षीय दावा शेर्पा सोलुखुम्बुका हुन् ।त्यस्तै कुमैतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग कडा प्रतिस्पर्धाकाबीच पराजित हुन पुगेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ