नेपालले विश्व माउन्टेन एन्ड ट्रेल रनिङमा भाग लिने

काठमाडौँ,

नेपालले स्पेनमा सेप्टेम्बर २५ देखि २८ तारिखसम्म हुने तेस्रो विश्व माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिने भएको छ । 

नेपाल एडभेन्चर रनिङ महासङ्घले बिहीबार पत्रकार सम्मेलन गरी नेपालले पहिलो पटक च्याम्पियनसिपमा भाग लिन लागेको जानकारी दिएको हो । ९० भन्दा बढी देशले सहभागिता जनाउने च्याम्पियनसिपमा पाँच विधामा स्पर्धा हुनेछ ।

जसमा नेपालबाट महिलामा चार र पुरुषमा चार गरी आठ धावकले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सहभागिताका लागि महासङ्घले खेलाडीको छनोट प्रतियोगिता गर्ने पनि जनाएको छ । 

नेपालबाट अहिले पुरुषतर्फ सुमन कुलुङ, साङ्गे शेर्पा, अर्जुन राई र मान कुमार रोकामगर तथा महिलातर्फ सुनमाया बुढा, प्रिया राई, राममाया बुढा र निर्मला राई ट्रेल रनिङको शीर्ष चारमा रहेकाछन् । 

फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले च्याम्पियनसिपमा नेपालबाट ४ महिला र ४ पुरुष गरी ८ खेलाडी र २ अफिसियलसहित १० जनाको टिम सहभागि गराउने तयारी गरिरहेको बताएकाछन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ