
काठमाडौं
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा म्यानमारले विजयी सुरुवात गरेको छ ।
दशरथ रंगशालामा भएको उद्घाटन खेलमा म्यानमारले बलियो प्रतिद्वन्द्वी लेबननलाई एकका विरुद्ध ३ गोलले पराजित गर्यो ।
पहिलो हाफ गालरहित बराबरीमा सकिएको खेलमा चारै गोल दोस्रो हाफमा गरेको हो । ५७औं मिनेटमा क्याप्टेन विन थेइंगी तुनको गोलबाट म्यानमारले लिएको थियो । तर त्यसको तीन मिनेटपछि नै लाएला इस्कान्डरले लेबननका लागि गोल गर्दै खेल बराबरीमा ल्याइन् ।
सोपछि भने म्यानमार आक्रामक देखियो । ७२औं मिनेटमा स्वे यी तुनले गोल गरेपछि म्यानमार अग्रता बनाउन सफल भयो । तीन मिनेटपछि सान थवथवले गोल गरेपछि म्यानमारले ३-१ को अग्रता बनाउन सफल भयो । सोपछि गोल हुन सकेन र म्यानमारले खेल ३-१ ले जित्यो ।