
काठमाण्डौ – अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा घरेलु टोलि नेपालले विजयी शुरुआत गरेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशाला आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले हरायो । नेपालका लागि खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गरिन् । शुरुआतमै अग्रता लिएको नेपालले दर्जनौ गोल प्रहार गरेपनि गोलमा परिणत गर्न भने सकेनन्न ।
प्रतियोगितामा आज भएको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३-१ गोलले हरायो ।
चारदेशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन् ।
सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।