नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको सदस्यबाट राजीनामा दिएका छन् । अवाले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीको कार्यसमितिमा निर्विरोध सदस्यमा चुनिएका थिए ।
यसअघि अवालेले न्यायालयको आदेश र राष्ट्रिय खेलकुद परिषद (राखेप) को निर्देशनको पालना नगरि ओलम्पिक कमिटीको निर्वाचनमा सहभागिता जनाएका थिए ।
गत साता राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यसमितिले ३ दिनको समय दिएर स्पष्टिकरण सोधेपछि अवालेले ओलम्पिकको कार्यकारी सदस्यबाट राजीनामा दिएका हुन् ।
अवालेले सोमबार अदालतको आदेश र सरकारको निर्देशनको पालना गर्ने भन्दै राखेपमा राखेपमा राजीनामा पत्र बुझाएका हुन् । आवाले राजीनामा दिएसँगै अध्यक्ष जीवनराम श्रेष्ठको कार्यसमितिबाट राजीनामा दिने सदस्यहरको संख्या पाँच पुगेको छ ।
