नेदरल्याण्ड्समाथि थाइल्याण्डको रोमाञ्चक जित

काठमाडौं ।
महिलात्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८ विकेटले पराजित गरेको छ ।
शुक्रबारकीर्तिपुरस्थितत्रिविक्रिकेट मैदानमाशुक्रबार भएको खेलमा नेदरल्याण्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्याण्डले १८ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै पराजित गरेको हो ।


थाइल्याण्डको लागिनन्नापतकोन्चारोएनकाईले अर्धशतकीयपारी खेलिन् । त्यस्तै अफिसारा सुवान्चोनराथीले २८ रन बनाइन् ।
नेदरल्याण्ड्सका लागिआइरिस ज्विलिङ र क्यारोलिन डे लैङ्गले १–१ विकेट लिइन् ।
नेदरल्याण्ड्सका लागिकप्तानबाबेट डे लिडेले अर्धशतकीयपारी खेलिन् । उनले ५० बलमा ८ चौकाप्रहार गर्दै ५२ रनको योगदान गरिन् ।

आइरिस ज्विलिङले २८ रन बनाइन् । थाइल्याण्डका लागिथिपाचापुथावोंगले २ तथाओनिचाकामचोम्फुले १ विकेट लिइन् ।
भोलीशनिबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ