संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको छ । गोलकिपर दीप कार्कीले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गरपछि आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई हराउँदै संकटाले उपाधि जितेको हाे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा संकटा एफसीले आयोजक टिमलाई सडनडेथमा ४-३ ले पराजित गर्यो ।
संकटाका लागि लक्षु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे । राम थापा र रोशन पहारीले भने गोल गर्न सकेनन् । बागमतीका लागि नवीन लामा, फोडे फोफाना र सेने एलेक्सले मात्र गोल गरे । कुलदीप कार्की, रजत तिवारी र गौरव श्रेष्ठ भने पेनाल्टीमा चुके ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगेपछि प्रतिस्पर्धा सिधै टाइब्रेकरमा प्रवेश गरेको हो । त्यस अवधिको खेल पूर्णतः संकटाको पकडमा रहे पनि कुनै गोल भने निस्कन सकेनन् । उसको शृंखलाबद्ध आक्रमण निर्णायक सावित भएन ।

विजेताले उपाधिसँगै २६ लाख रुपैयाँ हात पारेको छ । उप विजेताले भने १३ लाख रुपैयाँ प्राप्त गर्यो। । सेमिफाइनलमा संकटाले मछिन्द्रलाई हराएको भने बागमतीले एनआरटीलाई पराजित गरेको थियो ।

दुवै सेमिफाइनलको टुंगो पनि सेमिफाइनलमै भएको थियो । कुल आठ टिमको सहभागिता रहेको प्रतियोगिता नकआउटको आधारमा सञ्चालन भएको थियो ।
