केपी ओली कप फुटबल अर्को महिना

केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण अर्को महिना आयोजना हुने भएको छ।

आयोजक नेकपा एमालेको राष्ट्रिय युवा संघले बुधवार पत्रकार सम्मेलन गर्दै केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म हुने जानकारी दिइयो ।

ए डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका महासचिव सुमन पुरीले जानकारी दिए।

प्रतियोगिताको क्वाटरफाईनलसम्मका खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुनेछ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान रु ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

हरेक खेलका प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेल विजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

केपी ओली कपमा भारत, भुटान, उज्वेकिस्तानका क्लबहरुको सहभागिता रहने सम्भावना रहेको छ । केपी ओली कपको पछिल्लो दुवै संस्करण मच्छिन्द्र क्लबले जितेको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ