त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित

 एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो ।

पहिलो सेटमा २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोश्रो सेट २१–२५ ले पुलिसलाई सुम्पिएको थियो । तेश्रो सेट र चौथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पार्यो ।

आर्मीले तेश्रो सेटमा २५–१५ र चौथो सेटमा २५–२२ ले जित हासिल गर्यो । ‘जित्ने समूह’ आर्मीले अब बुधबार भारतको सुनिल भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यो समूहबाट शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । तेश्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।

महिलातर्फ भने पहिलो क्वालिफायर खेल्ने टोलीको टुंगो लागेको छ । एक खेलअगावै आयोजक टोली र एपिएफले पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो । पुलिस र न्यू डायमण्डले एलिमिनेटर खेल्नेछन् ।

पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजयी हुने टोलीले फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ