नेयमारले छाडे अल हिलाल

 ब्राजिलियन स्टार नेयमारले साउदी प्रो लिग क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका छन् ।

नेयमार र साउदी क्लब हिलालले सोमवार आपसी समझदारीमा सम्झौता रद्द गरेका हुन् ।

‘नेयमारले अल–हिलालमा रहँदा गरेका योगदानका लागि धन्यवाद र प्रशंसा व्यक्त गर्दछ । खेलाडीको करियरको आगामी दिनको सफलताको कामना गर्दछ,’ क्लबले भनेकाे छ ।

नेयमार सन् २०२३ को अगष्टमा ९० मिलियन युरो (७७.६ मिलियन पाउन्ड) मा अल हिलालमा अनुबन्धित भएका थिए । ब्राजिलका ३२ वर्षीय नेयमारले चोटका कारण यसबीचमा क्लबका लागि सात पटक मात्र खेलेका छन् ।

नेयमार अब बाल्यकालको क्लब सान्तोष फर्कने अनुमान गरिएको छ । सन् २०१३ पछि बाल्यकालको क्लब सान्तोषबाट बार्सिलोनामा अनुबन्ध भएका थिए ।

बार्सिलोना जानुअघि नेयमारले सान्तोषमा रहेर २ सय २५ खेलमा १ सय ३६ गोल गरेका थिए । उनले ब्राजिलको‌ राष्ट्रिय टोलीबाट ७९ गोल गरिसकेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ