खुमलटारविरुद्ध सातदोबाटोको कठिन जित

सातदोबाटो युथ क्लबले एन्फा यु–१६ युथ लिगमा एफसी खुमलटारविरुद्ध कठिन जित हात पारेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोले एफसी खुमलटारलाई ३-२ ले पराजित गरेको हो ।

सातदोबाटोलाई जित दिलाउन आयुश खड्का र एल्बिन लिम्बुले १-१ गोल गर्दा १ गोल आत्मघाती उपहार पाएको हो ।

खुमलटारका लागि प्रियसन महतले १ गोल फर्काए । जितसँगै सातदोबाटोले ८ खेलबाट १२ अंक जोडेको छ । पराजित खुमलटारको समान खेलमा ३ अंक रहेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ