नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालको युवा टोलीले चीनको युनान प्रान्तको युवा टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त मैत्रीपूर्ण खेलका लागि बुधबार नेपालस्थित चिनियाँ दूतावाससँग सम्झौता भएको जानकारी गराएको छ ।

सम्झौता पत्रमा एन्फाका महासचिव किरण राई र दूतावासका उपप्रमुख वाङ जिनले हस्ताक्षर गरे ।

खेल आगामी फेब्रुअरी १५ मा त्रिपुरेश्वरस्थितत दशरथ रंगशालामा हुनेछ । आयोजकको रूपमा एन्फाले आवश्यक सम्पूर्ण प्राविधिक सहयोग उपलब्ध गराउने छ ।

यस्तै युनान खेलकुद ब्युरो र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दूतावाससँगको सहकार्यमा सहयोग गर्ने छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ