यु-१९ विश्वकपः लगातार तेश्रो हार व्यहोर्दै बाहिरीयो नेपाल

नेपाल लगातार तेश्रो हार व्यहोर्दै मलेसियामा जारी आईसीसी महिला यु-१९ विश्वकप २०२५ को समूह चरणबाट नै बाहिरीएको छ । मलेसियाको वाइएसडी युकेएम ओभलमा बुधबार सम्पन्न समूह चरणको तेश्रो तथा अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित हुँदै बाहिरीएको हो ।

यो समूहबाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै सुपर सिक्समा पुगेको छ। अस्ट्रेलियाले तीन खेलबाट ६ अंक जोड्यो। यस्तै, बंगलादेश र स्कटल्यान्डले पनि सुपर सिक्समा स्थान बनाएका छन्। 

अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो। नेपालकी कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाइन्। उनले ४२ बल खेलेकी थिइन्। उनीबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

अस्ट्रेलियाका हसरत गिल, जुलिएट मोर्टन र लिली बासिङ्थवेइटले समान दुई विकेट लिइन्। क्लो आइन्सवर्थको नाममा एक विकेट रह्यो।

आजको हारसँगै नेपाल समूह चरणबाटै बाहिरीन बाध्य भएको हो । यसअघि नेपाल बंगलादेशसँग ५ र स्कटल्यान्डसँग १ विकेटले पराजित भएको थियो । अष्ट्रेलियाको भने यो लगातार तेश्रो जित हो ।

यससँगै अष्ट्रेलिया समूह ‘डी’ को विजेताको रूपमा सुपर सिक्स प्रवेश गरेको छ । अस्ट्रेलियाले यसअघि स्कटल्यान्डलाई ९ र बंगलादेशलाई २ विकेटले पराजित गरेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ