सस्तैमा समेटियो नेपाली युवा महिला टोली

माइसी मासेइराको घातक बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपअन्तर्गत दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध ७४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन बनाएको हो।

नेपालकी कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन्। ४३ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्। ओपनर सावित्री धावी भने १० रनमा आउट भइन्। अन्यको प्रदर्शन सम्झनयोग्य रहेन।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ