अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई दुई स्वर्णसहित सात पदक

नेपालले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दुई स्वर्णसहित सात पदक जितेको छ।

भारतको केरला राज्यमा सोमबार र मंगलबार भएको प्रतियोगितामा  यस नेपालबाट नेपाल वादोरियो कराते डो संघ लुम्बिनी प्रदेशबाट सहभागी पाँच खेलाडीले दुई स्वर्ण, दुई रजत र तीन कास्य पदक जित्न सफल भएका हुन्। 

कुमितेमा आविष्कार श्रेष्ठले स्वर्ण र कातामा कास्य पदक जिते। एरोन शेरचनले कुमितेमा स्वर्ण, आइलेसजंघ थापाले कुमितेमा रजत र कातामा कास्य पदक हात पारे। सान्वी राज्यलक्ष्मी चन्दले कुमितेमा रजत पदक र वेद जैसवालले कास्य पदक हासिल गर्न सफल भए। उक्त प्रतियोगितामा वरिष्ठ प्रशिक्षक कमरुदिन अलीले रेफ्रिको र डा दिपेन्द्र चन्द्रले टिम मेनेजरको भूमिका निर्वाह गरेका थिए। प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, कुवेत र कतार गरी पाँच देशका खेलाडी सहभागी भएका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ