सिटीको सानदार जित, युनाइटेड फेरि पराजित

इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटीले फराकिलो जित हासिल गरेको छ। अर्को खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

सिटीले इप्स्विच टावनलाई ६–० ले हरायो । इप्स्वीचको मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन फिल फोडेनले २, माटेओ कोभासिक, जेरेमी डोकु, एर्लिङ हाल्यान्ड र जेम्स म्याकअटीले समान १ गोल गरे ।

सिटीका फोडेनले २७औं र ४२औं मिनेटमा गोल गरे । कोभासिकले ३०औं, डोकुले ४९औं, हाल्यान्डले ५७औं र म्याकअटीले ६९औं मिनेटमा गोल गरे ।

२२ खेलबाट ३८ अंक जोडेको सिटी चौथो स्थानमा उक्लियो । प्रिमियर लिगमा २१ खेलबाट ५० अंकका साथ लिभरपुल शीर्ष स्थानमा छ । ४४ अंकको आर्सनल दोस्रो स्थानमा रह्यो । इप्स्विच १६ अंकसहित रेलिगेसन जोनमा छ ।

घरेलु मैदानमा युनाइटेड ब्राइटसँग ३-१ ले पराजित भयो । युनाइटेड लिगका पछिल्ला ५ खेलमध्ये ४ खेलमा पराजित भएको छ ।

हारसँगै युनाइटेड २२ खेलमा २६ अंकका साथ १३ औं स्थानमा छ ।

प्रिमियर लिगका अन्य खेलमा नटिङघम फोरेस्टले साउथह्याम्पटनलाई र एभर्टनले टोटनहमलाई समान ३-२ ले पराजित गर्यो । नटिङघम ४४ अंकसहित तेस्रो स्थानमा छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ