खो-खो विश्वकप : नेपाली महिला र पुरुष टाेली उपविजेतामै सिमित

भारतमा जारी खो-खो विश्वकप २०२५ को फाईनलमा पराजित हुँदै नेपाली महिला टोली उप-विजेतामा सिमित बनेको छ ।

नयाँ दिल्लीस्थित ईन्दिरा गान्धि ईन्डोर हलमा आइतबार भएको फाइनलमा खेलमा नेपाल घरेलु टोली भारतसँग ७८-४० ले पराजित भएको हो ।

नेपाल पहिलो संस्करणको खो खो विश्वकप २०२५ को पुरुषतर्फ पनि उप-विजेतामा सीमित भएकाे छ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति सम्पन्न फाइनल खेलमा नेपाल घरेलु टोली भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो।

यसअघि समूह चरण अर्थात् उद्घाटन खेलमा पनि नेपाल भारतसँग पराजित भएको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ