नवौं संस्करणको झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता सम्पन्न

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ५ को आयोजनामा नवौं संस्करणको झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता सम्पन्न भएको छ ।

एथलेटिक्स परिवार नेपालको संयोजन एवं प्राविधिक सहयोगमा भएको दौड प्रतियोगिताको उद्घाटन सत्र भने निकै नै आकर्षक एवं रोमाञ्चक रह्यो ।
विवध साँस्कृतिक प्रस्तुती सहितको औपचारिक उद्घाटन सत्रमा प्रमुख अतिथि वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय बहादुर सिहं लामा, विशेष अतिथिहरु बेलकोटगढी नगरपालिका प्रमुख जगतबहादुर गुरुङ, नगर उप–प्रमुख शिवप्रसाद दाहाल, आयोजक वडा नं. ५ का अध्यक्ष मदन भुजेल, दौडका परिकल्पनाकार मोहन नेपाल, एथलेटिक्स परिवार नेपालका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राजन खत्री लगायत विभिन्न कलाकारहरुको उपस्थिती थियो ।


यसैबीच रिवन काटी नवौं झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको प्रमुख अतिथि वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय बहादुर सिहं लामाले औपचारिक उद्घाटन गर्नुभयो ।
प्रतियोगिता अन्तर्गत १३.५ किलोमिटरको पुरुष खुल्लातर्फ त्रिभुवन आर्मी क्लबका अर्जुन बुढा प्रथम भए । उनलाई निर्धारित दूरी पार गर्न ५३ मिनेट २६ सेकेन्डको समय लाग्यो । त्यसैगरी त्रिभुवन आर्मीकै टंक कार्की दोस्रो र ललितपुरका प्रविण लिम्बु तेस्रो भए ।त्यसैगरी १३.५ किलोमिटर महिला खुल्लातर्फ विमला तमाङ्ग प्रथम एक नेपाल प्रहरी क्लबकी निमा लाक्पा शेर्पा दोस्रो र रोल्पाकी आश्मा बि.क. तेस्रो भए ।


अर्कोतर्फ १३.५ किलोमिटर स्थानीय पुरुषको विधामा विमल थापा मगर प्रथम, सुरेश खतिवडा दोस्रो र सुमन श्रेष्ठले तेस्रो स्थान प्राप्त गरे ।त्यसैगरी ४.५ किलोमिटर स्थानीय पुरुषको विधामा चन्द्रमान श्रेष्ठ प्रथम, दोस्रो राजेन्द्र नेपाल दोस्रो र सानेबहादुर कुँवर तेस्रो भए ।

त्यस्तै ४.५ किलोमिटर जुनियर छात्र खुल्लामा काठमाडौंका नवराज बानियाँ प्रथम, भक्तपुरका हरिचन्द्र तामाङ दोस्रो र काठमाडौंका तिलक बुढामगर तेस्रो भए ।
त्यसैगरी ४.५ किलोमिटर जुनियर छात्रा खुल्लामा आयुष्मा आचार्य प्रथम,
गायत्री श्रेष्ठ दोस्रो र सम्झना राईले तेस्रो स्थान प्राप्त गरे ।

त्यस्तै ४ .५ किलोमिटर जुनियर छात्रा स्थानियमा सकिना तामाङ प्रथम हुँदा शिलशिला कुवँर दोस्रो र अन्जु मिजारले तेस्रो स्थान प्राप्त गरे ।
त्यसैगरी स्थानिय आमाहरुको ४.५ किलोमिटरको दोड पनि निकै नै रोमाञ्चक बन्न पुग्यो ।

अर्कोतर्फ स्थानिय वृद्ध पुरुषहरुको ‘वाक एन्ड टक’ विधा भने सबैको आर्कषणको केन्द« बन्यो । दौडका परिकल्पनाकार मोहन नेपालको नेतृत्वमा स्थानिय वृद्ध पुरुषहरुले हिँड्दै कुरा गरेका थिए । विशेषत ः यो विधा प्रतियोगितात्मक भन्दा पनि सहभागितामूलक अनि रमाइलोका लागि राखिएको थियो ।

यसैबीच कार्यक्रम समापनका अवसरमा विजयी खेलाडीहरुलाई पुरस्कृत गरियो ।‘वाक एन्ड टक’ को विधामा बाहेक सबैमा नगद पुरस्कार राखिएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ