टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता माघ दोस्रो सातादेखि सञ्चालन हुने भएको छ। ‘टाइगर ग्रुप अफ पोखरा नेपाल’को आयोजनामा पोखरामा हुने प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म सञ्चालन हुने छ। 

प्रतियोगितामा  पुरुष र महिलातर्फ एक एक विदेशीसहित १२ टोलीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए। प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्बल, गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब, नेपाल पुसिल क्लब र नेपाल एपिएफ क्बल सहभागी हुनेछन्। विदेशी टोलीमा भारतको कुरुक्षेत्रको सुनील भलिबल क्लब अमीन रहेको छ। 

त्यसैगरी महिलातर्फ नेपाल एपिएफ क्लब, न्यु डायमण्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र टाइगर गु्रप अफ पोखरा रहेका छन्। महिलातर्फ विदेशी टोली थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेट प्यासन भलिबल क्लब सहभागी हुने आयोजकले जनाएको छ। 
    
प्रतियोगितामा पुरुष र महिलातर्फका दुवै विजेता टोलीले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले दुई लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले  एक लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछ। 
    
प्रतियोगिताका सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले जनही २५ हजार सात सय ७७ पाउनेछन्। त्यसैगरी व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीले जनही १० हजार पाँच सय ५५ पुरस्कार पाउनेछन्।

काठमाडौँ, ४ माघः टाइगर ग्रुप अफ पोखराको आयोजनामा यही माघ १२ देखि १९ सम्म पोखरामा हुने पाँचाँै संस्करणको टाइगर कप भलिबल प्रतियोगिताका बारेमा जानकारी दिन शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनका सहभागीहरु । तस्बिरः नवीन पौडेल, रासस
Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ